header AD
संक्षिप्त विवरण

संक्षिप्त परिचयः

शिवराज नगरपालिका वि.सं. २०७१ मा साविक शिवपुर, वीरपुर, चनई, विसुनपुर र जवाभारी गा.वि.स.लाई समावेश गरी स्थापना गरिएको हो । स्थानीय तह पुनर्संरचनाका क्रममा नेपाल सरकारको मिति २०७३ साल फागुन २७ गतेको निर्णय अनुसार साविकका शिवगढी, थुन्हिया र लालपुर गाविस समेतलाई मिलाएर यस नगरपालिकाको पुर्नगठन गरिएको हो ।

भौगोलिक अवस्थितिः

शिवराज नगरपालिका भौगोगिक अवस्थितिगत रूपमा २७ डिग्री ३४ मिनेट ६ सेकेण्डदेखि २७ डिग्री ४७ मिनेट ४४ सेकेण्ड उत्तरी अक्षांश र ८२ डिग्री ४३ मिनेट ५२ सेकेण्ड देखि ८२ डिग्री ५६ मिनेट ७ सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ । समुन्द्र सतहको ७०० फिट देखि १००० फिट सम्मको उचाईमा रहेको यस नगरपालिकाको कुल क्षेत्रफल २८४.०८ वर्ग किमि रहेको छ । पूर्वमा बुद्धभूमि नगरपालिका, पश्चिममा विजयनगर गाउँपालिका, उत्तरमा अर्घाखाँची र दाङ्ग जिल्ला र दक्षिणमा कृष्णनगर र महाराजगञ्ज नगरपालिका रहेको छ । यस नगरपालिकामा हाल ११ वटा वडा कायम रहेका छन् । पूर्व पश्चिम लोकमार्गको दायाँ बायाँ रहेको यस नगरपालिका जिल्ला सदरमुकाम तौलिहवा देखि करिव ५० किमि सडक दुरीमा अवस्थित रहेको छ ।

ऐतिहासिक चिनारी तथा नामाकरणः

शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको निकट पश्चिममा अवस्थित ऐतिहासिक स्युराज क्षेत्र तथा प्रसिद्ध धार्मिक स्थल शिवगढीका नामबाट नामाकरण गरिएको शिवराज नगरपालिका नेपाल सरकारको मिति २०७१ मा साविक शिवपुर, वीरपुर, चनई, विसुनपुर र जवाभारी गा.वि.स.लाई समावेश गरी स्थापना गरिएको हो । नेपाल सरकारको मिति २०७३ साल फागुन २७ गतेको निर्णय अनुसार साविकका शिवगढी, थुन्हिया र लालपुर गाविस समेतलाई मिलाएर शिवराज नगरपालिकाको पुनसंर्रचना गरिएको हो ।

राजनीतिक अवस्थितिः

यस नगरपालिका प्रदेश नं. ५ अन्तरगत कपिलवस्तु जिल्लामा रहेका कूल ६ नगरपालिका र ४ गाउँपालिका मध्ये एक हो । प्रतिनिधी सभा निर्वाचनका लागि तोकिएका जिल्लाका कूल ३ निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं. ३ मा पर्दछ भने प्रदेशसभा निर्वाचन प्रयोजनका लागि कायम गरिएको निर्वाचन क्षेत्रको लागि क्षेत्र नं. ३ (ख) मा रहेको छ । नगरपालिकाको केन्द्र चन्द्रौटा बजारमा रहेको छ । नगरपालिकामा ११ वटा वडा कायम रहेका छन् । 

  • कुल क्षेत्रफल: २८४.०८ वर्ग किमी
  • कुल जनसंख्या (जनगणना २०७८): ८४,८१० जना
  • घरधुरी संख्या: १६,२४१
  • प्रशासनिक विभाजन: ११ वटा वडाहरू
  • भू-उपयोग (कृषि/वन): ३३.९१ प्रतिशत
आधारभूत जानकारी
Lumbini
Kapilbastu
नगरपालिका
284.07 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 84810
Male 41328
Female 43482
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2071-02-01
Website https://shivarajmun.gov.np/

Coordinates: 27.720000° N, 82.880000° E