संक्षिप्त परिचय

१. नगरको वस्तु स्थिती
शान्तिका अग्रदुत गौतम बुद्धको गृह जिल्ला कपिलवस्तुको पश्चिमी क्षेत्रमा अवस्थित ऐतिहासिक स्यूराज क्षेत्र तथा प्रशिद्ध धार्मिक स्थल शिवगढीका नामबाट नामाकरण गरिएको शिवराज नगरपालिका नेपाल सरकारको मिति २०७१।०१।२५ को निर्णयबाट साविकका शिवपुर, विरपुर, चनई, विसुनपुर र जवाभारी गा.वि.स.लाई समावेश गरि स्थापना गरिएको हो । नेपाल सरकारको मिति २०७३।११।२७ को निर्णयले साविकका शिवगढी, थुन्हिया र लालपुर गा.वि.स. गाभेर हालको शिवराज नगरपालिका विस्तार गरिएको हो । समुन्द्र सतहको ७०० फिट देखी १००० फिट सम्मको उचाईमा रहेको यस नगरपालिकाको क्षेत्रफल २८४.०८ वर्ग कि.मी. छ । पूर्वमा बुद्धभूमी नगरपालिका, पश्चिममा विजयनगर गाउँपालिका, उत्तरमा अर्घाखाँची र दाङ्ग जिल्ल्ला र दक्षिणमा कृष्णनगर र महाराजगंज नगरपालिकाको सिमाना भित्र रहेको यो नगरपालिकाको जनसंख्या २०६८ को जनगणना अनुसार ६६७८१ छ । जस मध्ये ३७०२३ मतदाता रहेका छन् ।
२. संस्थागत पूर्वाधार
क. शिक्षण संस्था प्रा.वि.७७, नि.मा.वि. २०, मा.वि. ९, उ.मा.वि. ५, क्याम्पस २
ख. स्वास्थ्य केन्द्र स्वास्थ्य चौकी ८, नगर स्वास्थ्य क्लिनिक १, गाउँ स्वास्थ्य क्लिनिक १
संजिवनी सामुदायिक अस्पताल, वर्थिङ्ग सेन्टर १, प्रस्तावित ३
ग. कृषि सेवा केन्द्र १, पशु सेवा केन्द्र २
घ. पर्यटकीय स्थल शिवगढी मन्दिर, उमरी गुफा, धानखोला मन्दिर, सोनवागढ मन्दिर र विभिन्न मस्जिदहरु ।

ङ. २०६८ को जनगणना अनुसारका प्रमुख जातीहरु
थारु १२४४०, मुसलमान ११२४८, ब्राह्मण ५८७६, क्षेत्री ४८२३, कुर्मी ४८०४, यादव ४७५४, मगर ४६९१, कामी २९५७, दुसाद, पासवान, पासी २०४९, कोरी, कहार, चमा, तेली, दसनामी, केवल, धोवी, बढइ, दमाई, सार्की, ठकुरी लगायत अन्य १३१३९
च. बैंक तथा वित्तिय संस्थाहरु
१ सहकारी संस्थाहरु ४४ वटा
२. नेपाल बैंक लिमिटेट
३. एभरेष्ट बैंक लिमिटेड
४. एन.एम.वि.बैंक लिमिटेड
५. नेपाल एस.वि.आई बैंक
६. वेस्टर्न डेभलपमेण्ट बैंक
७. महालक्ष्मी विकास बैंक
छ. रेडियो तथा पत्र पत्रिका
सामुदायिक रेडियो समानता, सामुदायिक रेडियो भ्वाइस, शिवराज एफ.एम, शिवगढी सन्देश साप्ताहिक, दर्शन न्यूज अनलाइन, बारुण न्यूज अनलाई
ज. सडक विवरण
पूर्व पश्चिम लोकमार्ग २३ कि.मी.
चन्द्रौटा कृष्णनगर ७.५ कि.मी.
अन्य कालो पत्रे करिव १० कि.मी.
अन्य सडक २० कि.मी. ग्रावेल